नेपाली गीत–संगीत क्षेत्रमा दश लाख भ्युज पार गर्नु अझै पनि सहज मानिँदैन । तर, यतिबेला सार्वजनिक भएको छोटो समयमै ‘ख्याल ख्याल ठट्टैमा’ बोलको गीतले दश लाख भ्युज पार गर्दै नेपाली संगीत बजारमा नयाँ उत्साह थपेको छ।गीतकार तथा संगीतकार टेक गुरुङको शब्द र संगीतमा तयार भएको यस गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको मन जित्न सफल भएको हो। गायक राजु तोलाङ्गी गुरुङ र चर्चित गायिका मेलिना राईको सुमधुर आवाजले सजिएको गीत प्रेम, रमाइलोपन र भावनाको सुन्दर संयोजन बनेर प्रस्तुत भएको छ। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा गीत तीव्र गतिमा फैलिँदै अहिले चर्चाको शिखरमा पुगेको छ।

 

विदेशमा रहेर पनि जन्मभूमि नेपालप्रतिको गहिरो माया बोकेर निरन्तर सिर्जनामा सक्रिय टेक गुरुङले फेरि एकपटक आफ्नो सशक्त उपस्थिति प्रमाणित गरेका छन्। अमेरिकालाई कर्मथलो बनाउँदै आएका गुरुङ एक सफल गीतकार तथा संगीतकार मात्र नभई मन माया फाउन्डेसनका निर्देशक समेत हुन्। साथै, उनी युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकामा आबद्ध रहँदै सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय योगदान दिँदै आएका छन्।टेक गुरुङकै आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘ख्याल ख्याल ठट्टैमा’ ले छोटो समयमै उल्लेखनीय दर्शक संख्या बटुल्नुका साथै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। गीत लोकप्रियताको शिखरतर्फ उक्लिँदै गर्दा गुरुङको सिर्जनात्मक यात्राले थप प्रशंसा पाएको छ।

No photo description available.

भिडियो पक्षमा भने चर्चित अभिनेता पल शाह र अभिनेत्री चाहना पुन मगरको आकर्षक नृत्य तथा अभिनयले गीतलाई अझ प्रभावशाली बनाएको छ। पल र चाहनाको दमदार केमेस्ट्रीले दर्शकको मन जित्दै नयाँ इतिहास कोर्ने संकेत देखिएको छ।प्राविधिक रूपमा पनि गीत सशक्त बनेको छ। संगीत संयोजन सागर बिरही, मिक्सिङ तथा मास्टरिङ खडक बजुराली, भिडियो निर्देशन तथा कोरियोग्राफी मौसम हिमाली, छायांकन नवराज उप्रेती र सम्पादन तथा कलर अमृत चापागाईंले गरेका हुन्।समग्रमा, ‘ख्याल ख्याल ठट्टैमा’ ले नेपाली संगीतप्रेमीलाई नयाँ स्वाद दिनुका साथै विदेशमा रहेर पनि नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा टेक गुरुङजस्ता सर्जकहरूको योगदान कति महत्वपूर्ण छ भन्ने कुरालाई पुनः प्रमाणित गरेको छ।

No photo description available.

तपाईको प्रतिक्रिया