समाजसेवाको क्षेत्रमा विनयजंग बस्नेत आज एक प्रेरणादायी नामका रूपमा स्थापित भएका छन् । विगत पाँच वर्षदेखि निरन्तर समाजसेवामा सक्रिय बस्नेतले बेवारिसे र असहायहरूका लागि आफूलाई समर्पित गर्दै आएका छन् । कुनै समय कुलतमा फसेर आफ्नै घर–परिवार, आफन्त र शुभेच्छुक सबै गुमाएका बस्नेतले आज आफ्नो विगतलाई शक्तिमा बदल्दै समाजका पीडित र बेवारिसेहरूको अभिभावकको भूमिका निर्वाह गरिरहेका छन् ।कुलतले उजाडिएको जीवनबाट बाहिर निस्किएपछि उनले समाजसेवालाई नै आफ्नो जीवनको उद्देश्य बनाएका हुन् । हाल उनी नेपालभरका विभिन्न अस्पतालहरूमा रहेका बेवारिसे लासको व्यवस्थापनमा सक्रिय छन् । जसको कोही हुँदैन, त्यस्ताको भगवान हुन्छ भन्ने उक्ति जस्तै आज “जसको कोही हुँदैन, उसको लागि विनयजंग बस्नेत हुन्छ” भन्ने भनाइ समाजमा प्रचलित बन्दै गएको छ ।

May be an image of one or more people

अहिलेसम्म उनले हजारौँ बेवारिसे लासको सम्मानपूर्वक व्यवस्थापन गरिसकेका छन् ।यस पवित्र यात्रामा उनकी जीवनसाथी तथा सहकर्मी पूजा विश्वकर्मा हातमा हात र साथमा साथ दिँदै आएकी छन् । स्वार्थी बन्दै गएको यो संसारमा जहाँ धेरैले आफ्नै स्वार्थ मात्र हेर्छन्, त्यहीँ विनयजंग बस्नेत भने बिना स्वार्थ, बिना लोभ–लालच समाजसेवामा खटिएका छन् । उनले आफ्नो जीवनभन्दा पनि समाजसेवालाई ठूलो मानेर निरन्तर निस्वार्थ कर्म गर्दै आएका छन् ।उनले गरिरहेको काम हेर्दा नेपाल सरकारले गर्नुपर्ने जिम्मेवारी एक्लै व्यक्ति भएर सम्हालिरहेका छन् भन्ने अनुभूति हुन्छ । यस्ता समर्पित र निस्वार्थ समाजसेवी व्यक्तित्व हाम्रो समाज र देशमा अत्यन्तै कम पाइन्छन् । त्यसैले विनयजंग बस्नेतजस्ता व्यक्तित्वको योगदान राज्यले समेत कदर गर्दै सम्मान गर्नुपर्ने आवाज दिनप्रतिदिन बुलन्द हुँदै गएको छ ।यही सिलसिलामा हालै समाजसेवी विनयजंग बस्नेत पाटन अस्पतालमा उपस्थित भई त्यहाँ चालु अवस्थामा रहेको तर प्रयोगविहीन दुई थान मर्चुरी फ्रिजर (Mortuary Freezer) को व्यवस्थापनका लागि पहल गरेका छन् । पाटन अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका ती मर्चुरी फ्रिजरहरू नवलपरासीस्थित मद्दे बिन्दु अस्पताललाई सहयोगस्वरूप प्रदान गर्न अनुरोध गरिएको र सो सहयोग विनयजंग बस्नेतकै पहलमा उपलब्ध गराउन लागिएको हो ।गरिब, असहाय र बेवारिसेहरूका लागि भगवान बनेर हरेक स्थानमा उपस्थित हुने विनयजंग बस्नेतको यो समाजसेवी कार्यप्रति हाम्रो टिमको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछौँ । उहाँको कर्म र विचारबारे तपाईँलाई कस्तो लाग्यो ? आफ्ना मनका प्रतिक्रिया दिन नबिर्सनु होला ।

May be an image of one or more people

तपाईको प्रतिक्रिया