गुरुङ समुदायको संस्कृति, भाषा र पहिचानलाई आधुनिक सिनेमाको माध्यमबाट जीवन्त रूपमा प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको गुरुङ भाषाको चलचित्र ‘ङोल्स्यो रामरानी’ पोखरामा फेरि एकपटक प्रदर्शन हुने भएको छ। दर्शकहरूको निरन्तर माग र उत्साहलाई मध्यनजर गर्दै आगामी पुस २६ गते शनिबार मध्यान्ह १२:०० बजे पोखरास्थित श्रीकृष्ण चलचित्र मन्दिरमा दोस्रो प्रदर्शन गर्न लागिएको जानकारी निर्माण टिमले दिएको छ।यसअघि चलचित्रको भव्य तथा प्रभावशाली प्रिमियर राजधानी काठमाडौंमा कार्तिक २९ गते शनिबार सम्पन्न भएको थियो। प्रिमियरका क्रममा हलभरि दर्शकको उत्साहजनक उपस्थिति, भावुक दृश्यमा झरेका आँसु र समाप्तिपछि देखिएको तालीको गडगडाहटले चलचित्रको गहिरो भावनात्मक प्रभाव र सशक्त प्रस्तुति स्वयं प्रमाणित गरेको थियो।‘ङोल्स्यो रामरानी’ यसअघि पोखरा, चितवन, धादिङ, काठमाडौं लगायत नेपालका विभिन्न स्थानमा तथा हङकङमा समेत हाउसफुल प्रदर्शन भइसकेको छ। जहाँ–जहाँ चलचित्र प्रदर्शन भयो, त्यहाँ दर्शकबाट प्राप्त प्रेम, सकारात्मक प्रतिक्रिया र उत्साहले निर्माण टिमलाई थप ऊर्जा र हौसला मिलेको बताइएको छ।पछिल्लो समय गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्रहरूले नेपाली चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाउँदै लगेका छन्। तमु चलचित्रप्रतिको बढ्दो लोकप्रियताकै निरन्तरतामा मुनाल फिल्म प्रालिको ब्यानरमा निर्माण भएको ‘ङोल्स्यो रामरानी’ले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा, सामाजिक मूल्य–मान्यता र भावनात्मक सम्बन्धलाई अत्यन्तै सशक्त ढंगले प्रस्तुत गरेको छ।

May be an image of ‎text that says '‎मुनाल फिल्म प्रा ली को प्रस्तुति रामरानी डोल्स्यो पटकशा निर्दरन जनक कथा लेखन जिर्देशकर बिवेक गुरु. जिर्वाता पसपति गुरुख लम्गुजी जम बहादूर मुरछ EGRDS बनराज मुरुद מודט बिकगास क्रोमहे मुस्ट अनि्ता बलायता पोसरा बंद्म हादुर गुरुদ वुरुड कृतििमान गुरुड कलहपार राम प्रसाद मुरुद विष्णू संपना गुरुड गुरुक बह्ादूर बागुरु गुरुक सतिमाज जगक गुरुक बূचে लस्सत जणेश गुरुड बिेनोद रसाइली मनोड गुरुड गणेश बुस्ड मनोज गणेश मिलठा गोयार रेजिना परियार गुरुक काराकत स्व रम बहादूर मुरुड सम्पारन मेक सह्हाकूर शापा स्टव रात मिजना गोणाल डज किकोलस गुरुड POKHARA SHOW 2082 Push 26th, Saturday 12:00 PM Shree Krishna Chalachitra Hall, Pokhara‎'‎

चलचित्रमा राम प्रसाद गुरुङ, विष्णु गुरुङ, सपना गुरुङ, इशा गुरुङ, रेशम गुरुङलगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रको कथा बिबेक गुरुङ, पटकथा जनक गुरुङ तथा निर्देशन बिबेक गुरुङको रहेको छ। गुरुङ भाषाका चलचित्रमार्फत दर्शकको मन जित्दै आएका निर्देशक बिबेक गुरुङले यसपटक पनि गाउँ–घरको वास्तविक जीवनशैली, प्रेम, पारिवारिक सम्बन्ध र सांस्कृतिक चेतनालाई पर्दामा जीवन्त रूपमा उतारेका छन्।निर्माण टिमका अनुसार ‘ङोल्स्यो रामरानी’ले गुरुङ समुदायको संस्कार, संस्कृति, पहिचान र सामाजिक सन्देशलाई केन्द्रमा राख्दै विशेषगरी युवा पुस्तामा आफ्नो भाषा र संस्कृतिप्रति गर्व र अपनत्व जागृत गराउने उद्देश्य बोकेको छ।चलचित्रका मुख्य कलाकार तथा नायक–निर्माता राम प्रसाद गुरुङका अनुसार नेपालका विभिन्न स्थानसँगै केही विदेशी भूमिमा पनि फिल्म प्रदर्शनको माग तीव्र रूपमा बढिरहेको छ, जसले फिल्मप्रति दर्शकको उच्च अपेक्षा र रुचिलाई स्पष्ट रूपमा देखाउँछ।पोखरामा हुने दोस्रो प्रदर्शनसम्बन्धी थप जानकारीका लागि नायक तथा निर्माता राम प्रसाद गुरुङ (सम्पर्क: ९८१७१७३३९९) मा सम्पर्क गर्न सकिने निर्माण टिमले जनाएको छ।

तपाईको प्रतिक्रिया