काठमाडौं । नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन हुँदै उल्लेखनीय बक्सअफिस कमाइ गरिरहेको चर्चित चलचित्र ‘मन बिनाको धन’ अब अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। सानो गाउँबाट उदाएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई भावनात्मक रूपमा चित्रण गरिएको यस चलचित्रले नेपालभरका दर्शकको मन जित्न सफल भइसकेको छ।नेपालमा तीन करोड अस्सी लाख रुपैयाँभन्दा बढी व्यवसाय गरिसकेको फिल्मलाई अब अमेरिकी दर्शकसम्म पुर्‍याउने तयारी ग्रेट इभेन्ट मुभीले गरिरहेको निर्माण पक्षले जनाएको छ। अमेरिकाका विभिन्न शहरहरूमा शोको मिति र हलको तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी पनि सार्वजनिक गरिएको छ।

‘मन बिनाको धन’ अब अमेरिकामा प्रदर्शन हुने

अमेरिकामा रहेका नेपाली समुदायले अशोक दर्जीको घर निर्माणदेखि आजसम्म गरेका साथ–समर्थनलाई सम्झिँदै, चलचित्र अमेरिकामा प्रदर्शन हुन लाग्दा उत्साह व्यक्त गरिएको छ। नेपाली कला, संस्कृति र प्रतिभा प्रवर्द्धनमा सक्रिय ग्रेट इभेन्ट मुभीका डा. कुमार गुरुङले चलचित्र प्रदर्शनका लागि महत्वपूर्ण पहल र सहयोग गरेका छन्।उत्कृष्ट संगीत, पारिवारिक कथा, जीवनमा संघर्ष र सफलताका भावनात्मक पाटो समेटिएको ‘मन बिनाको धन’ अमेरिकामा चाँडै प्रदर्शन हुने भएकाले त्यहाँका नेपालीहरूलाई चलचित्र हेरिराख्न तथा कलाकारको मेहनतलाई प्रोत्साहन गर्न आग्रह गरिएको छ।

‘मन बिनाको धन’ अब अमेरिकामा प्रदर्शन हुने

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल र विजय डंगोललगायत कलाकारको दमदार अभिनय देख्न सकिन्छ।टंक बुढाथोकीले निर्माण तथा निर्देशन गरेको फिल्म ‘मन बिनाको धन’को कथा पनि बुढाथोकीले नै लेखेका हुन्। पटकथा तथा संवाद शिवम अधिकारीले तयार गरेका छन्। टंक बुढाथोकी प्रोडक्सन बैनरतले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता मिनु शर्मा (सपना) तथा सह–निर्माता जी.पी. संग्रोला, विवेक नेपाल र विजय पाण्डे रहेका छन्।फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, र मित्र डी. गुरुङको सम्पादन समावेश छ।फिल्मले नेपालमा देखाएको सफलताले उत्साहित निर्माण टिम अब अमेरिकामा समेत समान रुचि र साथ पाइने आशामा छ।

सम्पर्क/Show Booking Great Event Movie USA For bookings, collaboration & info: 7440 Crown Point Ave, Omaha NE 68134 USA

तपाईको प्रतिक्रिया