काठमाडौं । यही शुक्रबार (मंसिर २६)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट ः पीआर’को भव्य प्रिमियर गरिएको छ। निर्माण टिमले फिल्म प्रदर्शनमा आउनु २ दिन अघि अर्थात बुधबार बेलुका क्यूएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा प्रिमियर गरिएको हो। प्रिमियरमा पत्रकारदेखि चलचित्र विकास बोर्डका अध्यक्ष्य दिनेश डीसी,सफल निर्देशक दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा,सलिनमान बनियाँ,प्रभात पाल,गायिका देविका बन्दना लगायत सेलिब्रटीको उपस्थिति रहेको थियो।

May be an image of one or more people, people smiling and text

अभिनेत्री रेखा थापाले फिल्म एकदमै राम्रो बनेको र नव कलाकारहरुको काम मन परेको प्रतिक्रिया दिइन्। त्यसै गरि चलचित्र विकास बोर्डका अध्यक्षले निर्देशक शोभित बस्नेतको काम र कलाकारको अभिनय असाध्यै राम्रो बनेको प्रतिक्रिया दिए। उनले हरेक नेपालीले यो फिल्म हेर्न जरुरी रहेको समेत बताए। उपस्थिति रहेका अधिकांशले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए। साही क्रममा अभिनेता सलिनमान बनियाँले फिल्मका मुख्य कलाकारहरुले एकदमै राम्रो अभिनय गरेको प्रतिक्रिया दिए। उनले नयाँ कलाकार भएता पनि पुरानो जस्तै लागेको बताए। ‘डेब्यु मुभिका लागि उहाँहरुले एकदमै राम्रो गर्नुभएको छ,’मिडियासँगको कुराकानीमा भने,‘एकदमै राम्रो लाग्यो। मैले डेव्यु गर्दाको फिल्म भन्दा उहाँहरुको अझ राम्रो लाग्यो।’ यसै फिल्मका निर्देशक शोभित बस्नेतलले आफ्नो फिल्मको कलाकारहरुको तारिफ हुँदा आफु निकै खुशी भएको बताए। उनले मिडियासँगको कुराकानीमा भने,‘यिनीहरु हल भित्र छिर्दा कसैले चिनेको थिएन। बाहिर निस्किदा वाहो वाहो भनेको देखेर चाहीँ मलाई भनेको जस्तो लाग्यो। किनभने हिरो हिरोइनसँग फोटो खिच्न तानातान गरेको देख्दा म आफै छु जस्तो फिल्म भइरहेको थियो।’ दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु,जयकिशन बस्नेत, सविन श्रेष्ठले फिल्म असाध्यै राम्रो बनेको र नव कलाकार सुरज र विनिता कार्कीलाई बधाई तथा शुभकामना दिए।

May be an image of television and text that says 'Q'S S CINEMAS CITYSQUARE,SAMAKHUSI CITY SQUARE, SAMAKHUSI CFX cinemas COS Or anl Sar Ha ማን สซิมิพกด 4972205 02375464 972205 ity Square' रेजिना उप्रेतीले आफुलाई केहि दृश्यहरुले भावुक बनेको प्रतिक्रिया दिइन्। नेपालीहरु विदेशमा पुगेपछि कस्तो अवस्थामा पुगिदो रहेछ भन्ने कुराले आफुलाई छोएको भन्दै भावुक बनिन्। नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र (पीआर)प्राप्त गर्नको लागि गर्ने कतिको संघर्ष गर्नुपर्छ र घरको रिणले कसरी सताउँछ भन्ने कुरालाई फिल्मको कथाले बोल्छ। निर्देशक शोभित बस्नेतले अस्ट्रेलिया र नेपाल सुटिङ गरेको यो फिल्मले वैदेशिक अध्ययनको सामाजिक पाटोलाई केलाउने छ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ। यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ। सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेका छन् भने वितरण आर आर फिल्म्सले गर्दैछ।

तपाईको प्रतिक्रिया