काठमाडौं — नेपाली चलचित्र ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ र छोटो समयमा नै दर्शक तथा सञ्चार माध्यममा चर्चा बन्न सफल भएको छ। टिजरले विदेश जान लागेका छोराको पृष्ठभूमिमा बनेको पारिवारिक माया–ममता र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ।सार्वजनिक टिजरमा अभिनेता पल शाहलाई सिरानीमाथि पासपोर्ट राखेर सुतेको दृश्यमा देखाइएको छ। उनका बुबा प्रदीप रावत र आमा विपना थापाले रातभरि रोइरहेको दृश्यले दर्शकको मन छुने किसिमको प्रभाव पारेको छ। यो दृश्यले चलचित्रको मूल विषयवस्तु — परदेशिन लागेका नेपाली युवाको भावनात्मक संघर्ष र परिवारको माया — लाई संकेत गरेको छ।

चलचित्र चन्द्र पन्तले निर्देशन गरेका हुन् भने कथासमेत उनकै लेखनीमा आधारित छ। पटकथा र संवादमा पनि निर्देशक पन्तको नै हस्ताक्षर रहेको छ। चलचित्रमा प्रदीप रावत, विपना थापा र पल शाहका साथै सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रवीन्द्र झा, गजित विष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतका कलाकारले अभिनय गरेका छन्। बालकलाकारको भूमिकामा समाइरा थापा र शान अधिकारी देखिएका छन्।

AA BATA AAMA - Movie Official Teaser 2082 || Bipana Thapa, Pradeep Rawat, Paul Shah, Simran Pant

कथानकका विषयमा निर्देशक पन्तका अनुसार, चलचित्रले विदेश जान लागेका युवा र उनका परिवारबीचको प्रेम, समर्पण, तिक्तता र भावनात्मक द्वन्द्वलाई उजागर गर्नेछ। विशेषगरी, परदेशमा काम गर्न जाने नेपाली युवा र परिवारबीचको सम्बन्ध, त्याग र अभावको कथा दर्शकसम्म पुर्‍याउने उद्देश्य चलचित्रले राखेको छ।अभिमन्यू निरवीले चलचित्रका संवाद लेखेका छन्। माघ १६ गतेबाट प्रदर्शन हुने यो चलचित्रले नेपाली चलचित्रप्रेमीका लागि एक भावनात्मक र गहिरो कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। चलचित्रको टिजरले मात्र नभई पूर्ण चलचित्रले पनि दर्शकमा गहिरो छाप छोड्ने निर्देशक पन्तको विश्वास छ।

तपाईको प्रतिक्रिया