नेपाली गीत–संगीत, संस्कृतिसँग अन्तर्मनले जोडिएका प्रवासी नेपालीहरूको चाहना र ऊर्जालाई सम्मान गर्दै युकेमा एक भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। यतिबेला आफ्नो जन्मभूमिप्रति सदैव माया राख्ने, विदेशमा बसे पनि नेपाली कला–साहित्य र संस्कृतिलाई सधैं जगेर्ना गर्ने समुदायबीच ‘FRIDAY NIGHT’ UK LIVE नामक विशेष कार्यक्रमको चर्चा तीव्र रुपमा फैलिएको छ।

यही डिसेम्बर १२ (शुक्रबार) का दिन युकेको Simon Church मा हुने उक्त कार्यक्रमको मुख्य आयोजना युकेमै लामो समयदेखि बसोबास गर्दै आएकी दुई उत्साही सांस्कृतिक अभियन्ता फिबा राई र कविता राईले गरेका हुन्। नेपाली कला, कलाकार र संस्कृतिप्रति गहिरो रुचि राख्ने यी दुई दिदीबहिनीले नेपाली कलाकारलाई सम्मानसहित उनीहरूका उत्कृष्ट प्रस्तुति युकेवासी नेपालीसमक्ष पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए।

May be an image of ‎text that says '‎12 FRI DEC 5PM- -11PM להאלתה 12FRI FRI DEC 5PM 1PM សុ្ណាកក្រុជ LIVE IN UK 12 -FR- SAGAR SAGAR ALE Friday PRITI 12-FR-DEC LIVEINUK DEC NIGHT SAGAR SAGARALE ALE PRITI FOR TICKETS CONTACT PHIBA Friday RAI LIVEINUK LIVE IN UK AND KABITA RAI‎'‎

कार्यक्रमलाई विशेष बनाउने मुख्य आकर्षण भनेका नेपाली संगीत क्षेत्रका चर्चित दुई हस्ती— गायिका प्रीति आले र गायक सागर आले हुन्। दुबै कलाकार युकेको ठूलो नेपाली समुदायबीच आफ्नो लोकप्रियता र बहुचर्चित गीतका कारण चिनिएका व्यक्ति हुन्। विश्वभर रहेका नेपाली मन मुटुमा बस्न सफल यी कलाकारले हजारौँ दर्शकलाई नचाउने, रमाइलो गराउने र अविस्मरणीय सांगीतिक यात्रा दिने तयारी पूरा गरिसकेका छन्। कार्यक्रममा प्रीति आले र सागर आलेले आफ्नो–आफ्नो चर्चित गीतसंगीतका साथै विशेष प्रस्तुति पनि दिने आयोजकले जनाएका छन्। सांगीतिक माहोल, नृत्य, उत्साह र मनोरञ्जनको सम्मिश्रण रहने यस कार्यक्रमलाई भव्य र सभ्य बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। यसपटक पनि युकेमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबीच नेपाली कलाकारप्रति देखिएको उत्साह प्रशंसनीय मानिएको छ। प्रवासमै बसेर नेपाली भाषा, कला र संस्कृतिको रक्षा–प्रवर्द्धन गरिरहेको नेपाली समुदायलाई यस्ता कार्यक्रमहरूले अझै एकजुट गराउने आयोजक फिबा राई र कविता राईको विश्वास छ।समयअनुसार, डिसेम्बर १२, शुक्रबार साँझ ५ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा युकेमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।यस्तो कार्यक्रमहरूले प्रवासमा बस्ने नेपालीबीच आपसी सम्बन्ध मात्र गाढा बनाउने होइन, नेपाली कला–साहित्यको यात्रालाई विश्वभर फैलाउन ठूलो योगदान पुर्‍याइरहेको पनि समुदायले जनाएको छ। ‘for tickets contact Phiba Rai and Kabita Rai’

तपाईको प्रतिक्रिया