लोक गायक गोकुल पाण्डे र गायिका समीक्षा अधिकारीको गीत ‘मैले माया गर्या छु पवित्र’ सार्वजनिक संगै चर्चाको बाटोमा(भिडियो सहित)
नेपाली लोक तथा दोहोरी संगीतको बजारमा श्रोता र दर्शकलाई आकर्षित गर्ने नयाँ साङ्गीतिक कोसेलीहरू थपिने क्रम जारी छ। यसै बीच मौलिक शब्द र सुमधुर गायकीले सजिएको नयाँ लोक दोहोरी गीत ‘मैले माया गर्या छु पवित्र’ बजारमा सार्वजनिक भएसँगै चर्चाको बाटोमा अगाडि बढेको छ।अडियो र भिडियो दुवै पक्षलाई स्तरीय र व्यावसायिक बनाउन नेपाली लोक दोहोरी क्षेत्रका स्थापित सर्जक तथा प्राविधिकहरूको बलियो सहकार्य यस गीतमा देखिए...







