काठमाडौं । गोरखाको बरपाक सुलिकोट गाउँपालिका–बरपाक निवासी २९ वर्षीया विष्णु गुरुङ विगत ७/८ वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत छन्। हाल काठमाडौंमा उपचार गराइरहेकी विष्णुको जीवन बचाउन मिर्गौला प्रत्यारोपण आवश्यक भए पनि आर्थिक अभावका कारण परिवार ठूलो समस्यामा परेको छ।परिवारका अनुसार विष्णुलाई उनका जन्मदिने बाबुले मिर्गौला दान गर्ने निर्णय गरिसकेका छन्। तर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने ठूलो रकम जुटाउन नसक्दा उपचार प्रक्रिया अघि बढाउन कठिनाइ भइरहेको छ।यही मानवीय उद्देश्यलाई सहयोग पुर्याउन गुरुङ चलचित्र ‘अर्धचन्द्र’ को विशेष च्यारिटी प्रदर्शन आयोजना गरिएको छ। चलचित्र प्रदर्शनबाट संकलन हुने सम्पूर्ण रकम विष्णु गुरुङको मिर्गौला प्रत्यारोपण तथा उपचारमा सहयोग गरिने आयोजकले बताएका छन्।विशेष प्रदर्शन यस महिनाको २७ गते काठमाडौंको गोंगबुस्थित इन्फिनिटी सिनेमामा हुने तय भएको छ। आयोजकले चलचित्र हेरेर उपचार अभियानमा साथ दिन सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन्।आयोजकका अनुसार एउटा टिकट खरिद गरेर चलचित्र हेर्दा मनोरञ्जनसँगै गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी एक युवतीको जीवन बचाउने अभियानमा पनि सहभागी हुने अवसर प्राप्त हुनेछ।सहयोग अभियानका संयोजक प्रेम गुरुङ (गोरखा) ले सबै मनकारी व्यक्तिहरूलाई सकेको आर्थिक सहयोग गर्न तथा चलचित्र हेरेर अभियानलाई सफल बनाउन अनुरोध गरेका छन्। सहयोग गर्न इच्छुक व्यक्तिले आयोजकले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत पनि सहयोग गर्न सक्ने जनाइएको छ।9713870002“हामी सबैको सानो सहयोगले कसैको जीवनमा नयाँ आशा र नयाँ जिन्दगी दिन सक्छ। आउनुहोस्, चलचित्र ‘अर्धचन्द्र’ हेरेर मानवीय सेवामा हातेमालो गरौँ,” आयोजकको आग्रह छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लोकप्रिय गायक नेत्र जी पन्त र गायिका सुमित्रा कोइरालाको आवाजमा भजन ‘रक्षा गर पशुपति’ सार्वजनिक (भिडियो सहित)
नेपाली सांगीतिक बजारमा भगवान् शिवको भक्तिले भरिएको नयाँ भजन गीत ‘रक्षा गर पशुपति’ सार्वजनिक भएको छ।गम्भीर भाव र आध्यात्म...
गुरु पूर्णिमाको अवसरमा लामो अन्तरालपछि सत्यकृत ब्यान्डको भक्तिभजन ‘गुरु’ सार्वजनिक ।
काठमाडौं । लामो समयको अन्तरालपछि सत्यकृत ब्यान्डको नयाँ भक्तिभजन ‘गुरुको गीति भिडियो सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको...
मृगौला पीडितको उपचारका लागि यूकेबाट संकलित ६ लाख ३८ हजार रुपैयाँ नेपाल मगर संघलाई हस्तान्तरण |
काठमाडौं। मगर युथ एसोसिएसन यूके (केन्द्रीय कार्यसमिति)को चौथो कार्यकाल तथा मगर युथ परिवारको पहलमा यूकेबाट संकलित नेपाली ...
प्राइमरीमा उत्कृष्ट मत पाए पनि सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य |
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विजय जैरु भारी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका ...
संगीत बाट समाजसेवा: गायिका पवित्र गुरुङले जुटाएको कोषले विद्यालयले पायो नयाँ स्वरूप । पवित्रको प्रशंसनीय काम।
बेलायतमा आयोजित एक परोपकारी सांगीतिक कार्यक्रमबाट सङ्कलित रकमले नुवाकोटस्थित श्री गोल्फुभञ्ज्याङ माध्यमिक विद्यालयको भौत...
साउन १ देखि ट्राफिक नियममा कडाइ, नेपाल–कोरिया उद्यमी व्यवसायी संघद्वारा सचेतना अभियानमा नेपाल–कोरिया उद्यमी व्यवसायी संघ अग्रसर |
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानाले आगामी साउन १ गतेदेखि ट्राफिक नियम तथा कानुनको कार्यान्वयनलाई थप कड...





















