चितवन । गुरुङ समुदायको मौलिक कथा, संस्कृति र भावनालाई समेटेर निर्माण गरिएको बहुप्रतीक्षित नेपाली चलचित्र प्युरी यही जेठ २३ गते शनिबार चितवनस्थित इन्द्रदेव हल मा विशेष प्रदर्शन हुने भएको छ । काठमाडौंमा प्राप्त अपार सफलता, दर्शकको माया र उत्साहजनक प्रतिक्रियापछि चलचित्रको टिम अब चितवनका दर्शकमाझ पुग्न लागेको हो ।विशेष प्रदर्शनका लागि चलचित्र प्युरी को जम्बो टिमसँगै नमस्ते न्युज को टोली पनि चितवन आउने तयारीमा रहेको बताइएको छ । आयोजकका अनुसार, चितवन प्रदर्शनलाई भव्य र सम्झनायोग्य बनाउने तयारी तीव्र रूपमा अगाडि बढाइएको छ ।गुरुङ समुदायको जीवनशैली, परम्परा, संस्कृति र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र प्युरी बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको थियो । प्रदर्शनको पहिलो दिनदेखि नै चलचित्रले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्माण पक्षले जनाएको छ ।

May be an image of one or more people and text

काठमाडौंको गंगबुस्थित इन्फिनिटी मुभिजमा गरिएको विशेष प्रदर्शनमा चलचित्र हेरेर बाहिरिएका धेरै दर्शक भावुक बनेका थिए । कतिपय दर्शकका आँखा रसाएका थिए भने कतिपयले चलचित्रले हँसाउँदै-रुवाउँदै कथा अघि बढाएको भन्दै खुलेर प्रशंसा गरेका थिए । पहिलो दिनमै दुई वटा हल ‘हाउसफुल’ हुनुले चलचित्रप्रतिको दर्शक आकर्षण स्पष्ट देखिएको थियो ।
विशेष प्रदर्शन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो भने अभिनेता धिरेन शाक्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रम भव्य र सभ्य वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

May be an image of one or more people and text that says 'QUALIT QUALITYFILNSPRESENTS FILMS PRESENTS A FILM BY UMESHGURUNG UMESH GURUNG 철두 प्यरी Breaking News बहुप्रतीक्षित चलचित्र "प्युरी" यहि जेठ २३ गत्ते शनिबार इन्दरदेव हल, चितवनमा प्रदर्शन चलचित्र "प्युरी" को जम्बो टिम सगै नमस्ते न्यजको टिम पनि आउदे दौ मितज्यू मितज्यू 되더음도강지공 जक्छ मितज्यू'
प्रदर्शनअघि आयोजकले सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै हलमा आउने प्रत्येक दर्शकलाई खादा लगाएर स्वागत गरेका थिए । यसले कार्यक्रममा थप आत्मीयता र सांस्कृतिक गरिमा थपेको थियो ।
चलचित्र प्युरी ले गुरुङ समुदायको मौलिक कथा मात्र प्रस्तुत गरेको छैन, यसले ग्रामीण परिवेशदेखि आधुनिक समाजसम्मका विविध सामाजिक पक्षलाई कलात्मक ढंगले चित्रण गरेको छ । विशेषगरी गुरुङ भाषा, संस्कृति र पहिचानलाई संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिकतासँग जोड्ने उद्देश्य चलचित्रले बोकेको निर्माण टिम बताउँछ ।चलचित्रमा आनन्द गुरुङ, रिना गुरुङ, समिया गुरुङ्ग धिरेन शाक्य, उमेश गुरुङ, उषा खड्की, कविता आले, राजु गुरुङ, किरण गुरुङ तथा नवराज जंग थापा लगायत कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ । साथै बाल कलाकार क्रिस्टिना गुरुङ, आयुषा गुरुङ र दिपेश गुरुङ ले पनि प्रभावशाली प्रस्तुति दिएका छन् ।चलचित्रको संगीतमा डिका गुरुङ र सुदीप सागर को उत्कृष्ट संयोजन रहेको छ भने छायांकन खेम थापा ले गरेका छन् । चलचित्रलाई उमेश गुरुङ र रोशन श्रेष्ठ ले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।त्यस्तै चलचित्रको कथा तथा संवाद मनबहादुर गुरुङ र उमेश गुरुङ ले तयार पारेका हुन् । निर्माता किरण गुरुङ, नवराज जंग थापा र तृष्टराज गुरुङ रहेका छन् भने सह-निर्माताको रूपमा रबिना गुरुङ रहेकी छन् ।निर्माण टिमका अनुसार चलचित्र प्युरी केवल मनोरञ्जनको माध्यम मात्र नभई गुरुङ समुदायको कथा, संघर्ष, भावना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास पनि हो । चलचित्रको गीत र ट्रेलर सार्वजनिक भएपछि टिकटक, फेसबुक र युट्युब लगायत सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।नेपाली चलचित्र बजारमा क्षेत्रीय तथा भाषिक चलचित्रको प्रभाव बढिरहेका बेला प्युरी ले गुरुङ भाषिक चलचित्रप्रतिको आकर्षणलाई अझ मजबुत बनाएको विश्लेषण भइरहेको छ । काठमाडौंमा प्राप्त दर्शकको अपार माया र सफलतापछि अब चितवन प्रदर्शनलाई लिएर दर्शकमाझ थप उत्साह देखिएको छ ।निर्माण टिमले चितवनवासी दर्शकलाई चलचित्र हेरेर साथ, माया र हौसला प्रदान गर्न आग्रह गरेको छ । चलचित्रप्रेमी दर्शकमाझ अहिले प्युरी प्रति उत्सुकता दिनप्रतिदिन बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया