नेपालकै चर्चित कलाकारहरूको आवाज रहेको ‘मगर दिवस माघी मेला’ गीत हालै मैथाने इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ। छोटो समयमा नै यो गीत चर्चा कमाउन सफल भएको छ।

गीतमा पुरुष स्वरमा राजु परियार, राजु लामा, सिद्धार्थ आले मगर, रामजी खाड, मौसम गुरुङ रहेका छन् भने महिला स्वरमा अन्जु पन्त, देबी घर्ति मगर, शिला आले मगर, मेलिना राई, पूर्ण कला बिसी को आवाज समावेश गरिएको छ। गीतको संगीत मौसम गुरुङ, शब्द दीपक थापा मैथाने मगर द्वारा र संगीत संयोजन दीपक घर्ती मगर र पूर्ण संयोग द्वारा तयार गरिएको हो।दीपक थापा मैथाने मगर लामो समयदेखि बेलायतमा बस्दै आएका छन् र नेपाली गीत-संगीत, कला, साहित्य तथा समुदायको भाषा र संस्कृति जोगाउने उदेश्यले आफ्नो मौलिक सिर्जनालाई निरन्तर प्रवर्द्धन गर्दै आएका छन्। उनले यसअघि पनि धेरै गीत सार्वजनिक गरिसकेका छन्।भिडियो निर्देशन रोशन गुरुङ, नृत्य निर्देशन (कोरियोग्राफी) कविता घर्ती मगर (गुरुङ) ले गरेका छन्।

🎬 भिडियोमा कलाकारहरू:
महिला कलाकारहरू: करिश्मा थापा, बिपना थापा, पार्बती थापा, स्वेच्छा तिलिजा पुन, चित्रा बुढाथोकी, मुम गरबुजा पुन, लिकोन गुरुङ, अलिशा मगर, उनीता मगर, अनिता थापा मगर, अश्मिता मगर, लक्ष्मी पुन, प्रतिमा पुन मगर, नीरा थापा मगर।पुरुष कलाकारहरू: दीपक थापा मैथाने मगर, शेरजोहम मगर, विशाल पी. तामाङ मगर, कुश थापा मगर, दिलबहादुर राना मगर, दिनेश थापा मगर, बुद्धि सरु मगर, भुवन थापा मगर, किशोर राना मगर, गोविन्द आर्माजा मगर, निर्मल थापा मगर, लक्षु पुन मगर।छायांकन (Cinematography): खगेन्द्र जंग ठकुरी (यूके), बिष्णु भट्टराई (नेपाल)
सम्पादन | कलर: मिराज अर्याल मिक्सिङ | मास्टरिङ: त्रिवेणी (राज कुमार बगार)यस गीत भिडियो निर्माण सम्भवत पहिलो पटक नेपाली कला क्षेत्रमा यति ठूलो कलाकार टिम समेटेर गरिएको छ। नेपाली कला, संगीत र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यसले ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

May be an image of text that says 'MAITHANE ENTERTAINMENT PRESENT'S 富 शापा" माझ्याते मगर दिवस माघी माघीमेला मेला ૨०ટર OFFICIALE MUSIC VIDEO'

तपाईको प्रतिक्रिया