गोरखा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार प्रेम कुमार खत्री (नेपाली कांग्रेस) आफ्नो निर्वाचन क्षेत्रमा प्रस्थान गरेका छन्। आगामी मिति २०८० माघ १७ गते शनिबार सञ्चालन हुने विभिन्न भेटघाट, अन्तर्क्रिया तथा चुनावी कार्यक्रमको औपचारिक तालिका सार्वजनिक गर्दै खत्रीले सम्पूर्ण स्थानीय बासिन्दालाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेका छन्। उम्मेदवार खत्रीले स्थानीय जनतालाई “भगवान रुपी जनता” को संज्ञा दिँदै, कार्यक्रमको तालिका र तोकिएको स्थान अनुसार समयमै उपस्थित हुन हार्दिक अनुरोध गरेका हुन्। उनले निर्वाचन केवल उम्मेदवारको मात्र नभई जनताको साझा पर्व भएकाले सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
May be an image of text that says 'गोरखा एकमा, भोट रुखमा गोरखा क्षेत्र नं. ٩ का उम्मेदवार श्री प्रेमकुमार खत्रीको कार्यक्रम तालिका 美5 55 कुरा होइन काम बोल्छ मिति: २०८२ माघ १७ गते शनिबार समय दिऊँसो 3:00 बजे स्थान आरुघाट सम्पर्क कार्यालय उद्घाटन साँक 4:00 बजे बिलटार, गाडँघर मतदाता भेटघाट साँक 0:00 बजे बालुवाटार, गाउँघर- मतदाता भेटघाट थप जानकारीका लागि: 799000969 ९८५६०१६०४९ नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समिति गौरखा क्षेत्र नं. a 'नयाँ संकल्प, साभा अभियान: प्रेम खत्री, गोरखाको पहिचान''
नेपाली कांग्रेसका तर्फबाट गोरखा–१ मा उम्मेदवारी दिएका खत्री लामो समयदेखि सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा पर्यटन प्रवर्द्धनमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनले आफ्नो चुनावी अभियानमा जनताको समस्या प्रत्यक्ष सुन्ने, समाधान खोज्ने र गोरखाको समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सार्वजनिक गरिएको कार्यक्रम तालिका अनुसार विभिन्न वडामा स्थानीय बासिन्दासँग भेटघाट, कार्यकर्ता भेला तथा अन्तर्क्रिया कार्यक्रमहरू सञ्चालन गरिने छन्। स्थानीय स्तरमै विकासका मुद्दा उठाउने र जनताको विश्वास जित्ने उद्देश्यका साथ कार्यक्रम तय गरिएको खत्रीको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया