काठमाडौं उत्तरि भेग खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ। श्री दक्षिणेश्वरी युवा क्लब, व.न.पा.-५, टुसाल द्वारा आयोजित “२०८२ प्रथम काठमाडौं उत्तरि भेग खुल्ला फुटसल प्रतियोगिता” प्रतियोगिता देवी स्पोर्टस् सेन्टर, बुढानिलकण्ठ ३, रूद्रेश्वर मा बिहान ८:०० बजेबाट सुरु हुनेछ। प्रतियोगिता २०८२ श्रावन ९ गतेदेखि श्रावन १० गते सम्म दुई दिन सञ्चालन हुनेछ।
पुरस्कार राशी:
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएका छन्।
विजेता टिम: रु. ५०,०००/-
उपविजेता टिम: रु. २५,०००/-
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता: आकर्षक नगद पुरस्कार
अध्यक्षको भनाइ:
कार्यक्रमका प्रमुख आयोजक तथा श्री दक्षिणेश्वरी युवा क्लबका अध्यक्ष श्री कृष्ण तामाङले युवाहरूको ऊर्जा, उत्साह र प्रतिभालाई सही दिशा दिनका लागि यस्तो प्रतियोगिता आयोजना गरिएको बताए। उहाँका अनुसार, “खेलकुदले युवालाई सकारात्मक सोच, अनुशासन र एकता सिकाउँछ। हामी भविष्यमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिनेछौं।”
दर्ता शुल्क र सम्पर्क:
दर्ता शुल्क: रु. ३,०००/-
इच्छुक टिमहरूले समयमै सम्पर्क गरेर दर्ता गर्न आयोजकले आग्रह गरेका छन्।
📞 सम्पर्क: ९८४१२३२१०९, ९८६१९०६५३१
📧 Email: [email protected]
विशेष जानकारी:
प्रतियोगिता निष्पक्ष र मर्यादित ढंगले सञ्चालन गरिनेछ।ट्रफी, मेडल, प्रमाणपत्र तथा अन्य गिफ्टहरू समेत वितरण गरिनेछ।
यस प्रतियोगिता मार्फत युवा वर्गलाई खेलकुदमा अभिप्रेरणा दिने अध्यक्ष कृष्ण तामाङको प्रयासको प्रशंसा गर्दै, सम्पूर्ण खेलप्रेमीलाई सहभागी भइदिन आग्रह गरिएको छ।


















