पछिल्लो समयमा खेल प्रति रुचि बढे संगै संसार भरि हुने खेलमा नेपाली खेलाडीहरु संगै नेपाली जनताहरुले चासो लिए संगै आयो समाचार साभार गरेको छौ पछिल्लो समय बार्सिलोनाले २०२४-२५ सिजनलाई ऐतिहासिक बनाउँदै स्पेनिस फुटबलमा ३६ वर्षपछि पहिलो पटक घरेलु ट्रेबल जित्न सफल भएको छ।नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले लालिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधि जित्दै आफ्नो गौरवमय इतिहासमा अर्को सुनौलो अध्याय थपेको हो।बार्सिलोनाको हालैको डर्बी खेलमा इस्पानियोललाई २-० ले पराजित गरेपछि क्लबले आफ्नो २८औं लालिगा उपाधि पक्का गरेको थियो। यसअघि बार्सिलोनाले कोपा डेल रे र स्पेनिस सुपर कप दुवैको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै दुई उपाधि जितिसकेको थियो।फ्लिकले बार्सिलोनाको पुनरागमनलाई पूर्णता दिँदै आफ्नो आगमनको पहिलो सिजनमै ट्रेबल अर्थात् तीन उपाधि दिलाए । कुनैपनि क्लबका लागि ट्रेबल जित्नु सहज कुरा हुँदैन । एकै सिजन तीन महत्वपूर्ण प्रतियोगिताको उपाधि जित्दै बार्सिलोनाले यस सिजनको उत्कृष्ट लय निरन्तरता दियो ।


















