कपा (एमाले) ले पार्टीको एघारौँ महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । पार्टीको बन्दसत्र हाल काठमाडौंको भृकुटीमण्डपमा जारी छ । जारी बन्दसत्रमा पार्टी विधान संशोधनसहित केन्द्रीय कमिटीको प्रस्तावित संरचना प्रस्तुत गरिँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, केन्द्रीय कमिटी अन्तर्गत पदाधिकारीको संख्या यसप्रकार रहने प्रस्ताव बन्दसत्रको हलमा पेश गर्ने निर्णय भएको छ ।
प्रस्तावअनुसार पार्टीमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जना रहनेछन् । यससँगै संगठनात्मक संरचनालाई थप प्रभावकारी र सन्तुलित बनाउन पोलिटब्युरो सदस्यहरूमध्ये एक तिहाइ सदस्य सम्मिलित स्थायी कमिटी गठन गर्ने व्यवस्था पनि गरिने जानकारी गौतमले दिए ।
महाधिवेशनमार्फत पार्टी नेतृत्वको संरचना परिमार्जन गर्दै आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिने एमालेको तयारी रहेको नेताहरूले बताएका छन् । बन्दसत्रमा प्रस्तुत प्रस्तावहरूमाथि छलफलपछि अन्तिम निर्णय गरिने जनाइएको छ ।





















