निर्देशक शोभित बस्नेत निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘पीआर’ को ट्रेलर मंगलबार राजधानीमा आयोजित भव्य पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। करिब ३ मिनेट १ सेकेन्ड लामो ट्रेलरले विदेशिने नेपाली युवाको सपना, सङ्घर्ष र भावनात्मक द्वन्द्वलाई निकै प्रभावशाली रूपमा चित्रण गरेको छ।ट्रेलरमा नेपालबाट रिण लिएर अष्ट्रेलिया पढ्न गएका युवा–युवतीहरूको कष्टपूर्ण यात्रा, परिवारको उच्च अपेक्षा, विदेशमा भोगिने दैनन्दिन चुनौतीहरू र ‘पीआर’ लिने लक्ष्यमा लाग्दा आउने मानसिक दबाबलाई जीवन्त रूपमा देखाइएको छ।


अष्ट्रेलियाको कठोर श्रम, आर्थिक–सामाजिक तनाव र घरमा बसेका अभिभावकले त्यो पीडा नबुझेपछि उत्पन्न हुने दूरी एवं तनावलाई निर्देशक बस्नेतले कथामा प्रभावकारी ढंगले उतारेका छन्।ट्रेलर हेर्दा फिल्मले लभस्टोरी, बिछोड, परिवारिक टकराव र राष्ट्रप्रेम जस्ता बहुआयामिक विषयवस्तु समेटेको देखिन्छ।ट्रेलरमा अभिनेता नीर शाहले बोलेको संवाद‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’
भन्दै उठाइएको प्रश्नले दर्शकको मन छोएको निर्माण टिमको विश्वास छ। उक्त संवादले आजको पुस्ताको वास्तविकता र समाजमा बढ्दो ‘ब्रेन–ड्रेन’को प्रसङ्गलाई झक्झकाउने काम गरेको छ।फिल्ममा मुख्य भूमिका आर ए सुरज पौडेलविनिता कार्कीले निभाएका छन्। प्रचार–प्रसारका लागि उनीहरू अष्ट्रेलियाबाट नेपाल फर्किएको निर्माण पक्षले जनाएको छ।


फिल्ममा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको पनि महत्वपूर्ण उपस्थिति रहेको छ।विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई देख्न सकिनेछ, जसले फिल्ममा थप गहिराइ ल्याउने अपेक्षा गरिएको छ।सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको **‘पीआर’**को प्रस्तुति रञ्जित साहसन्तोष तिवारीले गरेका हुन्।
फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानी रहेको छ।

छायांकनमा सौरभ सायमी र सौरभ लामा रहेका छन् भने सम्पादन बन्दे प्रसादको हातबाट तयार गरिएको हो।कथा तथा पटकथा गणेश बुढाथोकीले लेखेका छन्, जसले सामाजिक यथार्थसँग जोडिएको कथालाई मनोग्राही रूपमा प्रस्तुत गरेको देखिन्छ।फिल्मका गीतमा मानस राजको संगीत रहेको छ।स्वर सनुप पौडेलनीतु पुनले दिएका छन्।कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्, जसले गीत–नृत्यलाई आकर्षक बनाउने अपेक्षा छ।

फिल्मलाई आर आर फिल्म्सले नेपालभर वितरण गर्ने छ।
मंसिर २६ गतेदेखि अल नेपाल रिलिज हुने ‘पीआर’ले विदेशिने युवाको मनोविज्ञान र परिवारिक भावना उजागर गर्ने भएकाले दर्शकले उच्च रुचि देखाउने अपेक्षा गरिएको छ। फिल्मका निर्माण टिमका अनुसार ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र अष्ट्रेलिया–न्युजिल्यान्डमा देखिएको उत्साहले फिल्मले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास दिलाएको छ।

तपाईको प्रतिक्रिया