गोरखा निर्वाचन क्षेत्र नं. १ मा जनताको लागि निरन्तर सहयोग गर्ने एक मात्र कांग्रेस उम्मेदवार प्रेम खत्री
गोरखा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेम खत्री पछिल्लो समय जनताको आशा र भरोसाको केन्द्रका रूपमा उदाइरहेका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका खत्री एक स्थापित पर्यटन व्यवसायीका रूपमा परिचित छन्।लामो समयदेखि पर्यटन क्षेत्रमार्फत स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा गोरखाको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्रिय रहँदै आए...
