गोरखा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेम खत्री पछिल्लो समय जनताको आशा र भरोसाको केन्द्रका रूपमा उदाइरहेका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका खत्री एक स्थापित पर्यटन व्यवसायीका रूपमा परिचित छन्।लामो समयदेखि पर्यटन क्षेत्रमार्फत स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा गोरखाको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्रिय रहँदै आएका खत्री पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्। पहिलो पटक निर्वाचनमा होमिए पनि गाउँ–बस्तीमा जनतासँगको भेटघाटका क्रममा उनले न्यानो स्वागत पाएका छन्। जनसहभागिता, उत्साह र समर्थनले स्थानीयस्तरमा उनीप्रति ठूलो अपेक्षा रहेको संकेत गर्छ।खत्रीले विगत लामो समयदेखि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएका छन्। उनका अनुसार हालसम्म करिब ३० हजार विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ। यसका साथै गोरखा निर्वाचन क्षेत्र नं. १ भित्रका अस्पताल र स्वास्थ्य चौकीहरूमा प्रयोगशाला सामग्रीसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको छ भने १३ वटा एम्बुलेन्स पनि वितरण गरिएको छ।त्यस्तै, गाउँपालिका, वडा तहदेखि महिला समुदायका विभिन्न समूहलाई आवश्यक सामग्री विगत लामो समयदेखि उपलब्ध गराउँदै आएको खत्रीले उल्लेख गरे। उल्लेखनीय कुरा के छ भने यी सबै सामाजिक सहयोग कुनै पनि राजनीतिक पदमा नरहँदा गरिएको हो। यसले अभिभावक र स्थानीय समुदायमा खत्रीप्रति गहिरो भरोसा पैदा गरेको छ। धेरै अभिभावकले आफ्ना छोराछोरीको भविष्यप्रति आशा पलाएको भन्दै खत्रीप्रति विश्वास व्यक्त गरेका छन्।उम्मेदवार खत्रीले गोरखाको ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने स्पष्ट योजना अघि सारेका छन्।

May be an image of text that says ''बदल्यो कांग्रेस, बदल्छो देश' प्रेमकुमार खत्री उम्मेदवार, गोरखा| भोट रखमा हालौं S "माटो र जनतासँग जोडिएको स्वभाव" आदरणीय आद मतदाताज्यूहरू, मेरो स्वभावमा कुने छलकपट कृत्रिमता छੈन| म भाषणमा भन्दा कर्ममा विश्वास विश्‍ गवु| कसैलाई झुक्याएर होइन, सबैलाई समेटेर अधि बदने मेरो संस्कार हो| तपाईके छोरो, भाइ साथीका रूपमा सर्धे सुलभ र उत्तरदायी रहनेछ्ु।" जय गोरखा! जय नेपाल!! #MISSIONGORKHA1' गोरखा दरबार, धार्मिक तीर्थस्थल, पदयात्रा मार्ग तथा प्राकृतिक सुन्दरताको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन पूर्वाधार विकासमा जोड दिने उनको भनाइ छ।होमस्टे कार्यक्रमलाई व्यवस्थित र विस्तार गर्दै ग्रामीण भेगका परिवारलाई आम्दानीको अवसर सिर्जना गर्ने, युवालाई पर्यटनसम्बन्धी सीपमूलक तालिम प्रदान गरी स्वरोजगारमा जोड्ने र अनावश्यक विदेश पलायन रोक्ने उनको प्रमुख लक्ष्य रहेको छ।शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि खत्रीले प्राथमिकतामा राखेका छन्। केन्द्र, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयमार्फत गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने, दुर्गम तथा पिछडिएका बस्तीमा स्वास्थ्य सेवा विस्तार गर्ने तथा आवश्यक जनशक्ति र पूर्वाधार विकासमा पहल गर्ने उनको योजना छ। आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति तथा शैक्षिक सहयोग कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।कृषि क्षेत्रको विकासबिनै गोरखाको समग्र उन्नति सम्भव नहुने उल्लेख गर्दै खत्रीले कृषिमा आधुनिकीकरण, सिंचाइ सुविधा विस्तार, बजार पहुँच सुदृढीकरण र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति अघि सारेका छन्। किसानका उत्पादनले उचित मूल्य पाउने वातावरण बनाउन सहकारी, निजी क्षेत्र र राज्यबीच सहकार्य आवश्यक रहेको उनको धारणा छ।नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले प्रेम खत्रीको उम्मेदवारीले गोरखा–१ मा पार्टीलाई थप ऊर्जा र उत्साह मिलेको बताएका छन्। पर्यटन व्यवसायमा खत्रीको अनुभव, सामाजिक क्षेत्रमा देखाएको सक्रियता र विकासप्रतिको स्पष्ट दृष्टिकोणले गोरखाको समग्र विकासमा सकारात्मक योगदान पुग्ने उनीहरूको विश्वास छ।स्थानीय मतदातामाझ पनि खत्रीप्रति चासो बढ्दै गएको देखिन्छ। नयाँ सोच, व्यावसायिक अनुशासन र व्यवहारिक योजनाका कारण उनलाई वैकल्पिक नेतृत्वका रूपमा हेरिएको स्थानीयको भनाइ छ। गोरखा–१ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई चासोका साथ हेरिएको सन्दर्भमा नेपाली कांग्रेसबाट प्रेम खत्रीको उम्मेदवारीले राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

तपाईको प्रतिक्रिया